राउतसँगको सम्झौताका बारेमा सरकारले स्पष्ट पार्न सकेन : महामन्त्री कोइराला

317
  •  
  •  
  •  

प्युठान, २८ फागुन(ओएनएस) : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले सरकारले सिके राउतसँग गरेको ११ बुँदे सम्झौताका बारेमा स्पष्ट पार्न नसकेको बताएका छन् ।

नेपाल प्रेस युनियन, प्युठानले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले राउतसँगको सम्झौताका विषयमा उठेका प्रश्नको निवारण सरकारले गर्न नसकेको बताए ।

महामन्त्री कोइरालाले वर्तमान सरकार अकर्मण्य बनेको आरोप लगाए । दुई तिहाई बहुमतको सरकार अकर्मण्यतामा अल्झनु दुर्भाग्यपूण रहेको महामन्त्री कोइरालाको भनाइ छ ।

उनले मुलुकमा समृद्धि र विकासको गति तीव्र रुपमा अगाडि बढाउनुपर्ने बेलामा सरकार केही गर्नै नसक्ने गरी अल्मलिएको बताए ।

महामन्त्री कोइरालाले नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन आवश्यक रहेको बताउँदै वर्तमान नेतृत्वले आम कार्यकर्तालाई न्याय गर्न नसकेको दाबी गरे । कोइरालाले नेतृत्वका लागि कुन थर कुन जातभन्दा पनि पार्टी भित्र विपी कोइरालाको विचार कसले बोक्छ भनेर कार्यकर्ताले हेर्नुपर्ने बताए ।


  •  
  •  
  •