रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्रा आजदेखि सुरू

131
  •  
  •  
  •  

काठमाडौँ, २८ बैशाख(ओएनएस) : रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्रा आजदेखि शुरु हुँदैछ ।

वर्षा र सहकालको देवता मानिने ललितपुरको प्रसिद्ध जात्रा रातो मच्छिन्द्रनाथको रथलाई पाटनको गाबहल, मंगलबार, सुन्धारा, लगनखेल, हुँदै जावलाखेल पुर्‍याइन्छ । लिच्छवीकालदेखि नै यो जात्रा निरन्तर चलिरहेको छ ।

त्यसबेला देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशले सहकाल ल्याएको र पानी पारेर लोककल्याणकारी काम गरेको स्मरणमा यो जात्रा मनाईने प्रचलन रहँदै आएको हो ।

रथ तान्न शुरु भएदेखि जात्रा सम्पन्न हुन कम्तीमा २ महिना लाग्ने गर्छ । त्यसैले यो जात्रालाई नेपालमा हुने मध्ये लामो जात्राका रुपमा पनि लिइन्छ ।


  •  
  •  
  •