रहेनन् वरिष्ठ गीतकार थापा

117
  •  
  •  
  •  

काठमाडौं । वरिष्ठ गीतकार रत्न शमशेर थापाको बिहीबार निधन भएको छ । उपचारको क्रममा बिहीबार नर्भिक अस्पतालमा उनको निधन भएको हो । नशाको समस्याका कारण लामो समयदेखि बिरामी रहेका उनको ८३ वर्षको उमेरमा निधन भएको हो ।

उनले २०१८ सालदेखि गीत लेख्न सुरु गरेका थिए ।

थापाले उकाली आरोली, फूलको डाली, सिमाना, पृथ्वी, जुनी, अवतार, रानीखोला, हतियार, प्रतिक्षा, चोखोमायालगायत चलचित्रमा गीत लेखेका छन् । यस्तै थापाले घुम्तीमा नआऊ है, ए कान्छा, फूलैफूलको मौसम, जाग लम्क चम्क, बिछोडको पीडा, गोरेटो त्यो गाउँकोलगायतका गीत लोकप्रिय छन् ।

थापा देवकोटा साहित्य पुरस्कार, युग कवि सिद्धिचरण काव्य पुरस्कार, मुक्ति पुरस्कार, साधना सम्मान, हिट्स एफएम लाइफ टाइम अचिभमेन्ट अवार्ड, छिन्दलता पुरस्कार लगायत विभिन्न पुरस्कारबाट सम्मानित भएका थिए ।


  •  
  •  
  •