दशैँमा निक्षेप जम्मा गर्नेले बढी ब्याज पाउने

50
  •  
  •  
  •  

काठमाडौं । दशैँको बेला बैंकमा पैसा जम्मा गर्नेले बढी ब्याज पाउने भएका छन्। असोज महिनाको लागि बैंकहरुले ब्याजदर खुल्ला छोड्ने निर्णय गरेका हुन्।

नेपाल बैंकर्स संघको आज बसेको बैठकले यसअघिको भद्र सहमति खारेज गरेको हो। गत फागुनदेखि एक अंककै दरमा निक्षेपको ब्याजदर कायम थियो। उक्त सहमति आजको बैठकले तोडेको हो।

योभन्दा अघि निक्षेपमा अधिकतम ११ दशमलव ०३ प्रतिशत ब्याजदिन पाउने सहमति थियो। भद्र सहमति टुटे पनि बैंकहरुले धेरे ब्याज भने बढाउन पाउने छैनन्। नेपाल राष्ट्र बैंकले अघिल्लो समतिको तुलनामा १० प्रतिशत मात्रै ब्याजदर थप गर्न पाउने भनिएको छ।


  •  
  •  
  •