संसदीय टोली रसुवामा

116
  •  
  •  
  •  

काठमाडौं ९ मंसिर (ओएनएस) :
व्यवस्थापिका संसद विकास समितिको टोली रसुवा पुगेको छ । रसुवागढी केरुङ नाका व्यवस्थित र सडकको स्तररोन्नतिका लागि, अध्ययन गर्न व्यवस्थापिका संसद विकास समितिको टोली रसुवा पुगेको छ । व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र अधिकारीको संयोजकत्वमा हिजो रसुवा आएको टोलिले जिल्लाका सरोकारवाला निकायसँग सडक स्तरोन्नतीदेखि नाका व्यवस्थितलगायतको विषयमा सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा अधिकाशंले सडकको मापदण्ड कायम गरी सडक जग्गा प्राप्ती, स्तरोन्नती, मुख्य बजार क्षेत्रको सडकको चौडाको बाया ७.५ मिटर र दाया ७.५ मिटर गरी १५ मिटर अन्य क्षेत्रमा ३० मिटर कायम गरि गरिएको रोक्का फुकुवा गर्न माग गरेका छन् ।

व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले यहाँको समस्याहरुलाई समेटेर प्रतिबेदन तयार पारी सरकारलाई बुझाउने र सार्वजनिक गर्ने बताउनु भएको छ । उहाँले रसुवागढी नाकालाई पहिलो प्राथमिकतामा राखेको हुदा सरकारले भुकम्पबाट पिडितलाई आवास निर्माणका लागि २ लाख दिने निर्णय भैसकेको र चाँडै नै लागु हुने समेत बताउएको छ । टोली आज केरुङसम्म पुग्ने र चिनियाँ अधिकारीहरुसँग पनि छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।


  •  
  •  
  •