राष्ट्रपति भण्डारीले गराइन् संसदका जेष्ठ सदस्यलाई सपथग्रहण

171
  •  
  •  
  •  

काठमाडौं, २० फागुन (ओएनएस) : राष्ट्रपति विद्यादेवी भण्डारीले गराइन् संसदका जेष्ठ सदस्यलाई सपथग्रहण गराएकी छिन्। संघीय संसदका जेष्ठ सदस्यहरुलाई राष्ट्रपति भण्डारीबाट सपथग्रहण गराएकी हुन्।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुर र राष्ट्रियसभाका जेष्ठ सदस्य काँग्रेसकी सांसद तारादेवी भट्टले राष्ट्रपतिबाट सपथग्रहण गराएकी हुन्।

प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी कूल ३ सय ३४ सांसदले आज नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सपथ ग्रहण गर्ने भएका छन्।

प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण अपराह्न ४ बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण साँझ ५ बजेका लागि तय गरिएको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरत गौतमले जानकारी दिए।


  •  
  •  
  •