तिमिल्सिना राष्ट्रियसभा अध्यक्षमा निर्विरोध निर्वाचित, भाेली सपथ कार्यक्रम

210
  •  
  •  
  •  

काठमाडौं, ३० फागुन (ओएनएस) : वाम गठबन्धन नेकपा एमालेकाे तर्फबाट राष्ट्रियसभाको अध्यक्ष उम्मेदवारी दिएका गणेशप्रसाद तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन्। बुधबार बसेको राष्ट्रियसभाको बैठकले तिमिल्सिनालाई राष्ट्रियसभाको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो।

राष्ट्रियसभाको बैठकमा सांसद खिमलाल भट्टराईले तिमिल्सिनालाई राष्ट्रियसभाको अध्यक्षमा निर्वचित गरियोस् भनेर प्रस्ताव राखेका थिए। उक्त प्रस्तावको समर्थनमा सांसदद्वय सुमनराज प्याकुरेल र दिनानाथ शर्माले समर्थन गरेका थिए।

राष्ट्रियसभा अध्यक्षमा तिमिल्सिनाको मात्र नाम आएकाले उनी निर्विरोध निर्वाचित भएको ज्येष्ठ सदस्यका रूपमा राष्ट्रियसभाको अध्यक्षता गरिरहेकी तारादेवी भट्टले घोषणा गरेकी थिइन्। राष्ट्रियसभा अध्यक्षको शपथ ग्रहण

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार ३ बजे राष्ट्रियसभा अध्यक्षमा निर्वाचित तिमिल्सिनाले पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेकाे राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले बताए।


  •  
  •  
  •