राष्ट्रपतिले सर्वसाधारणलाई दशैँमा टिका लगाईदिने

72
  •  
  •  
  •  

काठमाडौं, असोज १२ (ओएनएस) :राष्ट्रपति डा. रामवरण यादवले  यसबर्षपनि सर्वसाधारणलाई दशैँमा टिका लगाईदिने भएका छन् ।

राष्ट्रपति कार्यालयले आईतबार विज्ञप्ति निकालेर  टिकाको दिन सर्वसाधारणलाई टिका लगाईदिने जानकारी गराएको हो ।

टिकाको दिन दिउँसो १ बजेदेखि ५ बजेसम्म राष्ट्रपति कार्यालयको ढोका सर्वसाधारणका लागि खुल्ला रहने छ ।

राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा भनिएको छ,‘असोज १७ गते शुक्रबार दिनको १ बजेदेखि ५ बजेसम्म शीतलनिवासको ढोका खुल्ला रहने व्यहोरा जानकारी गराईन्छ ।’


  •  
  •  
  •