आज राष्ट्रपति चुनाव हुँदै

250
  •  
  •  
  •  

काठमाडौं, २९ फागुन (ओएनएस) : राष्ट्रपति चयनका लागि मंगलबार चुनाव हुँदैछ ।राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरू मतदाता रहने छन्।

नयाँ राष्ट्रपतिका लागि वाम गठबन्धनको नेकपा एमालेबाट विद्यादेवी भण्डारी र कांग्रेसबाट कुमारी लक्ष्मी राईको उम्मेदवारी परेको छ।

स्पष्ट बहुमत रहेका वाम गबन्धनको उम्मेदवारलाई मधेशवादी दलहरुले पनि समर्थन गर्ने घोषणा गरिसकेकाले भण्डारी दोस्रो कार्यकालका लागि दोहोरिने निश्चित भएको छ। संघीय नेपालको पहिलो राष्ट्रपति भण्डारी हुने निश्चित नै छ।

बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म संघीय संसद भवनमा राष्ट्रपति निर्वाचनको मतदान हुनेछ । त्यसपछि तत्काल मतगणना हुने संसद सचिवालयले जनाएको छ ।


  •  
  •  
  •