वाम गठबन्धनबाट राष्ट्रपतिमा भण्डारीको उम्मेदवारी दर्ता

247
  •  
  •  
  •  

काठमाडौं, २३ फागुन (अाेएनएस) : राष्ट्रपतिमा विद्यादेवी भण्डारीले उम्मेदवारी दर्ता गर्नुभएको छ ।वाम गठबन्धनकाे तर्फबाट भण्डारीले उम्मेदवारी दर्ता गराएकी हुन्।

बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर भण्डारीले उम्मेदवारी दर्ता गराएकी हुन्।

भण्डारीको प्रस्तावकमा नेता माधव नेपाल, भिम रावल, इश्वर पोख्रेल, सुवास नेम्वाङ र ओनसरी घर्ती हुनुहुन्छ ।

त्यस्तै उहाँको समर्थकमा नेता रामबाबु थापा, विष्णु पौडेल, गोकर्ण विष्ट, भानुभक्त ढकाल र रविन्द्र अधिकारी रहनुभएको छ ।

भण्डारी संविधान घोषणापछि २०७२ कात्तिक ११ गते पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। त्यतिबेला उनले नेपाली कांग्रेसका उम्मेदवार कुलबहादुर गुरुङलाई हराउँदै नेपालको दोस्रो राष्ट्रपति निर्वाचित भएकी थिइन्।

उनीसँग नेपाली कांग्रेसकी कुमारी लक्ष्मी प्रतिस्पर्धी रहेकी छिन्। राईले पनि बानेश्वरस्थित संघीय संसद् भवनमा पुगेर उम्मेदवारी दर्ता गराइसकेकी छिन्।

राष्ट्रपति भण्डारीले उम्मेदवार दिनुअघि राजीनामा गर्नुपर्ने कि नपर्ने भन्ने प्रश्न उठेको थियाे ।

तर, ‘हेड अफ द स्टेट कहिल्यै पनि खाली नहुने भएकाले उम्मेदवारी दिँदा राजीनामा दिनुनपर्ने भएको शीतल निवास स्रोतले बताएको छ । आगमी २९ गते राष्ट्रपतिको चुनाव हुनेछ ।


  •  
  •  
  •