राष्ट्रिय सभा बैठकः दुई विधेयक बहुमतले स्वीकृत

70
  •  
  •  
  •  


काठमाडौं । राष्ट्रिय सभा बैठकले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले स्वीकृत गरेको छ ।

शुक्रबार बिहान बसेको बैठकले यी दुई विधेयक बहुमतले पारित गरेको हो । यी दुई विधेयक अर्को बैठकमा पारित गर्ने तयारी छ । अर्को बैठक आउँदो सोमवार बिहान ११ बजेका लागि बोलाइएको छ। यी विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेका छन् ।

राष्ट्रिय सभाबाट विधेयक पारित भए पछि प्रतिनिधि सभा बैठकमा पठाइने छ । प्रतिनिधि सभाले प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउने छ । यसअघि सङ्घीय संसदका दुवै सदनबाट पारित भएको विनियोजन विधेयक २०७८ लाई हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नु भएको थियो ।

विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ ।


  •  
  •  
  •