राष्ट्रियसभा बैठक(LIVE)

770
  •  
  •  
  •  

काठमाडौ, २९ फागुन(ओएनएस) : राष्ट्रियसभाको बैठक अहिले बसिरहेको छ ।
आजको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट प्राप्त सन्देशलाई टेबुल गर्ने कार्यसूची रहेको छ ।

राष्ट्रियसभाका सचिव फुयालले ‘विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक २०७५’ र भूउपयोग विधेयक, २०७५’लाई टेबुल गर्दैछन् ।
यसैगरी विधेयन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त गरेका ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक र लेखा परीक्षण विधेयकसम्बन्धी समितिका प्रतिवेदनहरु प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
साथै आजै युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा)ले राष्ट्रिय खेलकुद विकास विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।


  •  
  •  
  •