काठमाडौं । राष्ट्रियसभाको आइतबारको बैठकमा सांसदहरुले धनुषाका दिलीप महतोका हत्यारालाई कडा कारबाहीको माग राखेका छन् ।
बैठकको विशेष समयमा बोल्दै सांसद डा.विमला राई पौडेलले दिलीप हत्या प्रकरणमा संलग्न व्यक्तिलाई सजाय मात्रै दिनेभन्दा पनि अब कहिलै त्यस्तो हुँदैन भनेर सुनिश्चित गर्नुपर्छ भनिन् ।
सांसद कोमल वलीले दिलीप महतोको हत्याको विरोध गर्दै अपराधीलाई कडा कारबाही गर्नुपर्ने भन्दै सो घटनाबाट जनतामा आएको त्रसित मानसिकता हटाउनुपर्ने बताइन् ।
सांसद वृषेशचन्द्र लालले वातावरण र नदीनालाको संरक्षणको कुरा गर्दै गर्दा दिलीप महतोलाई टिपरले किचेर हत्या हुँदा त्यसका बारेमा प्रहरी प्रशासन किन चुप लागेको छ भन्दै प्रश्न गरे ।
सांसद प्रमिला कुमारीले पछिल्लो समयमा देशका विभिन्न स्थानमा हत्या, हिंसा मौलाउँदै गएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । सांसद रामलखन चमारले सरकारले अगाडि सारेको शिक्षाका लागि निब्र्याजी ऋण दिने विषयलाई व्यावहारिरूपमै कार्यान्वयन गर्नुपर्ने माग गरे ।
सांसद जीतेन्द्रनारायण देवले एमसिसी सम्झौतालाई सरकारले जस्ताको तस्तै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
सासंद शेरबहादुर कुँवरले पृथ्वीनारायण शाहले मुलुक निर्माणमा पु¥याएको योगदानको चर्चा गर्दै राज्यले राष्ट्रका विभूतिलाई बिर्सिन नहुने बताए ।
सांसद जीवन बुढाले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगलाई पूर्णता दिनुपर्ने माग गरे । सांसद विन्दादेवी आले रानाले वाइड बडी प्रकरणबारे सरकार मौन बसेको बताइन् ।
भिडियो हेर्नुहोस्