राष्ट्रिय सभा बैठक बस्दै, आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक टेबल हुने

70
  •  
  •  
  •  


काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा बजेटसम्बन्धी पूरक विधेयक टेबल गर्ने लगायत कार्यसूची तय गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ पेस गर्नुहुनेछ ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले अध्यागमन विधेयक,२०७६ सम्बन्धि समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


  •  
  •  
  •