राष्ट्रिय सभाको अधिवेशन आह्वान

93
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन् । उनले आज मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रियसभाको बैठक असार १७ गते अपराह्न ४ बजेका लागि बोलाइएको छ ।

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/३/१० को सिफारिसमा सम्वत् २०७८ साल असार १७ गते बिहीबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।’


  •  
  •  
  •