राष्ट्रिय समावेशी आयोगका अध्यक्षले दिए राजीनामा

393
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. शान्तराज सुवेदीले पदबाट राजीनामा दिएका छन् ।

सुवेदीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शुक्रबार लिखित राजीनामा बुझाएका हुन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा सुवेदीले नेपालको संविद्यानको धारा २५८ को उपधारा ४ को खण्ड क बमोजिम यहि साउन १२ गतेदेखि लागूहुने गरि राजीनामा दिएको उल्लेख छ ।

पूर्व अर्थसचिव समेत रहेका सुवेदी ७ चैतमा मात्र आयोगको अध्यक्ष नियुक्त भएका थिए ।


  •  
  •  
  •