राष्ट्रिय खेलकुदको आठौं संस्करण आजबाट

97
  •  
  •  
  •  

काठमाडौं, २७ चैत(ओएनएस) : राष्ट्रिय खेलकुदको आठौं संस्करण आजबाट शुरु हुँदै छ । निर्धारित समयमै राष्ट्रिय खेलकुद आयोजना भएको यो पहिलोपटक हो ।

आठौं खेलकुदको औपचारिक उद्घाटन नेपालगन्ज रंगशालामा वैशाख ५ गते हुनेभएपनि प्रतियोगिता अन्तरगतका खेलहरु आजबाट शुरु हुन लागेको हो ।  पहिलो दिन आज ५ खेलका प्रतिस्पर्धा शुरु हुनेछ ।

दाङको घोराही कभर्डहलमा टेबलटेनिस, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगन्जको मंगलप्रसाद उच्च माविमा पुरुष हक्की, ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेनिस हुनेछ ।


  •  
  •  
  •