राष्ट्रिय विकास परिषद् बैठकमा पन्ध्रौं योजनाका विषयमा छलफल हुँदै

460
  •  
  •  
  •  

काठमाडौं, २१ चैत(ओएनएस) : राष्ट्रिय विकास परिषद्को बैठक आज सकिँदैछ । बुधबारबाट शुरु भएको बैठकमा पन्ध्रौं योजनाको आधारपत्रलाई अन्तिम रूप दिँदै सकिन लागेको हो ।

आज दिनभर योजना आयोगले तयार गरेको २५ वर्षे विकास अवधारणासहितको पन्ध्रौं योजनाका विषयमा छलफल हुनेछ ।
आयोगले परिषद बैठकबाट प्राप्त हुने सुझावलाई समेटेर आधारपत्रलाई अन्तिम रूप दिएर मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने छ ।

वैशाख पहिलो सातासम्ममा आधारपत्र सार्वजनिक गर्ने तयारी आयोगको छ ।  पछिल्ला तीनवटा योजना त्रिवर्षीय बनेको भएपछि राजनीतिक स्थायित्वसँगै आयोगले अहिले पञ्चवर्षीय योजना बनाइरहेको छ ।


  •  
  •  
  •