राष्ट्रिय कथा लेखन प्रतियोगिता हुने

918
  •  
  •  
  •  

काठमाडौं । कविडाँडा साहित्य समाज चितवनको आयोजनामा राष्ट्रिय कथा लेखन प्रतियोगिता हुने भएको छ ।
साहित्य समाजको वार्षिकोत्सवका अवसरमा आगामी मंसिरको पहिलो हप्ता प्रतियोगितामा हुन लागेको हो ।

कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष एवं कार्यक्रमका संयोजक एलवि क्षेत्रीले नेपाली साहित्यको प्रवद्र्धनमा कविडाँडा साहित्य समाज, चितवनले सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए । उनका अनुसार समाजले आफ्नो वार्षिकोत्सवको अवसमार अन्य विभिन्न कार्यक्रम समेत आयोजना गर्देछ । जसमध्ये कथा लेखन पनि एक हो । उनले नेपालभित्र रहेर नेपाली भाषामा कथा सिर्जना गरिरहेका कथाकारहरूबाट कथा आह्वान समेत गरेका छन् ।

यस्ता छन् प्रतियोगिताका नियम तथा सर्तहरू

१. कथा नेपाली भाषामा शुद्ध रूपमा प्रिटी फन्टमा टाइप गरी इमेलबाट kavidanda.sahitya@gmail.com पठाउनु पर्नेछ |

२. कथा पठाउनुहुने प्रतियोगीले कथाका साथ आफ्नो वास्तविक नाम, साहित्यक नाम छ भने त्यो पनि, टेलिफोन नम्बर र हालचालै खिचेको फोटोको इलेक्ट्रोनिक कपी पठाउनुपर्ने छ ।

३. पठाइएको कथा प्रतियोगिताको नतिजा प्रकाशित नहुँदासम्म कतै पनि नछापिएको हुनु पर्नेछ ।

४‍‍‍‍. कथाको शब्दसीमा २५०० रहेको छ ।

५. कथा २०७६ भदौ ३० गतेभित्र पठाइसक्नुपर्ने छ ।

६. कथाको मूल्याङ्कन तटस्थ र गोप्य निर्णायक मण्डलले गर्नेछ ।  छनौटमा परेका १० कथाकारलाई मङ्सिर महिनामा पर्ने कविडाँडाको वार्षिक उत्सवका अवसरमा, चितवनमा आमन्त्रित गरिनेछ  र त्यसै अवसरमा उत्कृष्ट ३ कथाको घोषणा पनि गरिनेछ ।

७. प्रथम पुरस्कार  रू १०,०६०/—, द्वितीय पुरस्कार रू ७,०६०/— तथा तृतीय पुरस्कार रु रू ५,०६०/— र प्रमाणपत्रको व्यवस्था गरिएको छ । अन्य सात जना कथाकारहरूलाई जनही रू २,०६०/— तथा प्रमाणपत्र दिइनेछ । कार्यक्रम अवधिभर खाना र निवासको व्यवस्था आयोजक समितिले गर्नेछ ।

८. कार्यक्रम विवरण र मिति केही समयपछि सार्वजनिक गरिनेछ ।

 

 

 


  •  
  •  
  •