सहमतिका लागि राष्ट्रपतिको दवावमुलक छलफल

141
  •  
  •  
  •  

ram baranकाठमडौं २३ माघ (ओएनएस) : राष्ट्रपति डा. रामवरण यादवले सहमतिका लागि सक्रियता जारी राखेका छन् । उनले सहमतिबाटै संविधान बनाउन दलहरुलाई आग्रह र दवाव दुइटै सृजना गरेका छन् ।  यसअघि सत्तापक्षका नेताहरुसँग छुट्टा छुट्टै छलफल गर्नुभएका राष्ट्रपति यादवले आज विपक्षी मोर्चाको नेतृत्व गरिरहेको एमाओवादीसँग छलफल गर्दैछन् ।

बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा हुने छलफलमासत्तापक्षका नेताहरुसँग भएको छलफल बारे पनि राष्ट्रपति यादवले जानकारी गराउनेछन् ।

वार्ता र सम्वादबाट समस्या समाधान खोज्ने प्रयास स्वरुप राष्ट्रपतिले छलफल गर्न लागेको राष्ट्रपति कार्यालयले जनाएको छ ।  छलफलका लागि बिहान ९ बजे एमाओवादी अध्यक्ष प्रचण्डलाई शीतल निवास बोलाएका छन् ।

हिजो मात्रै राष्ट्रपतिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बोलाएर जति समय लागे पनि सहमतिमै संविधान बनाउने बाटो अपनाउन आग्रह गरेका थिए ।

राष्ट्रपति : कांग्रेस–एमालेविरुद्धको मोर्चामा किन ?


  •  
  •  
  •