राष्ट्रपतिले ११ गते रात्रिभोज अायोजना गर्ने

157
  •  
  •  
  •  

काठमाडौं ६ मंसिर (ओएनएस) :
राष्ट्रपति रामवरण यादवले दक्षिण एसियाली सहयोग संगठन (सार्क)को १८औं सम्मेलनमा सहभागी हुन आउने सरकार तथा राष्ट्रप्रमुखलाई मंसिर ११ गते रात्रिभोज दिने भएका छन्। रात्रिभोज राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ।

साँझ पौने सातदेखि आयोजना हुने भोज राति नौ बजेसम्म चल्ने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। ‘प्रोटोकल अनुसार कुन देशका सरकार तथा राष्ट्र प्रमुख कार्यक्रममा आइपुग्ने तालिका परराष्ट्र मन्त्रालयले मिलाएको छ,’ शीतल निवास स्रोतले भन्यो, ‘राष्ट्रपतिले दिने रात्रिभोजमा ६० देखि ७० जनाको बीचमा पाहुन सहभागी हुनुहुनेछ।’ रात्रिभोजको जिम्मा पनि पाँच तारे होटल सोल्टीलाई दिइएको छ।


  •  
  •  
  •