राष्ट्रपतिद्वारा इद उल फित्रको शुभकामना

214
  •  
  •  
  •  

काठमाडौं । इस्लाम धर्मावलम्बीको महान चाड ‘इद उल फित्र’ का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना दिएकी छन् ।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण इस्लाम धर्मालवम्बीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले सन्देशमा यस पर्वले सबै समुदायका नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।


  •  
  •  
  •