राष्ट्रपति भण्डारी चीन प्रस्थान

385
  •  
  •  
  •  

काठमाडौं, ११ वैशाख(ओएनएस) : राष्ट्रपति विद्यादेवी भण्डारी नौ दिने राजकीय भ्रमणका लागि चीन प्रस्थान गरेकी छिन् ।

बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गरेकी हुन् । राष्ट्रपतिलाई बिदाइ गर्न प्रधानमन्त्रीसहित उच्चपदस्थ सरकारी अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

गणतन्त्र स्थापनापछि पहिलोपटक उत्तरी छिमेकी देश चीनले राष्ट्रपतिलाई आफ्नो देशमा स्वागत गर्न लागेको हो ।
यसअघि पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव दुई पटक चीनको भ्रमणमा गएपनि उनले राजकीय सम्मान भने पाएका थिएनन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल एयरलाइन्सको चार्टर्ड विमानबाट चीनतर्फ गएकी हुन् । भ्रमण टोलीमा ३४ जना सदस्य सहभागी छन् ।

भण्डारी पहिलो दिन राष्ट्रपति सि जिनपिङको सहर सान्सी प्रान्तमा बस्नेछिन् । उनी भोलिमात्रै बेइजिङ पुग्नेछिन् ।
राष्ट्रपति भण्डारीले बीआरआईको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारी यही वैशाख १९ गते स्वदेश फर्कने कार्यक्रम छ ।


  •  
  •  
  •