राष्ट्रपति भण्डारी स्वदेश फर्कंदै

26
  •  
  •  
  •  

काठमाडौं, १ चैत्र फागुन(ओएनएस) : राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोगको ६३ औँ अधिवेशनमा भाग लिएर आज स्वदेश फर्कँदै छन् ।

कतार एयरलाइन्सबाट दिउँसो साढे ३ बजे नेपाल फर्कने कार्यक्रम रहेको छ ।
राष्ट्रपति भण्डारी फर्कने समयमा त्रिभुवन विमानस्थलदेखि शितलनिवाससम्म सर्वसाधारणको आवत–जावतमा रोक नलगाइने ट्राफिक प्रहरीले जनाएको छ ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले विभिन्न देशका राष्ट्रपति कुटनीतिक

समुदाय, संयुक्त राष्ट्रसघंका पदाधिकारी, व्यापारिक समुदायलगायतसँग भेटघाट गरेकी थिइन् ।

२२ सदस्यीय दलको नेतृत्व गर्दै गत सोमबार राष्ट्रपति भण्डारी न्यूयोर्क प्रस्थान गरेकी थिइन् ।

राजनीतिसँगै संवैधानिक परिवर्तनले महिला हिंसा कम गर्न सम्भव भएको छ : राष्ट्रपति

 


  •  
  •  
  •