राष्ट्रकवि घिमिरेलाई अभिनन्दन

73
  •  
  •  
  •  

काठमाडौं । २०६ औं भानुजयन्ती विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।

भानु जयन्तीकै अवसर पारेर नेपालमा पनि देश भित्र र बाहिर रहेका साहित्यिक संस्थाहरुको जमघटमा भानुभक्तको कृतित्व र व्यक्तित्वका आयामलाई समेटेर विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

भानुजयन्तीका अवसरमा भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन गरिएको छ ।

राष्ट्रकवि घिमिरेलाई सम्मानपत्र प्रदान गर्दै उपप्रधान एवम् रक्षामन्त्री पोखरेलले भानु जयन्तिको अवसर पारेर राष्ट्रकवि घिमिरेलाई अभिनन्दन गर्न पाउनु गर्वको विषय भएको बताए ।

कार्यक्रममा राष्ट्रकवि घिमिरेले आदिकवि भानुभक्त आचार्य विश्वभर छरिएर रहेका नेपालीलाई एउटै शुत्रमा बाध्ये पुजनीय ब्यक्तित्व भएको बताए ।

यस्तै भानु जयन्तीकै अवसर पारेर राष्ट्रकवि घिमिरे र उनको धर्मपत्नी महाकाली घिमिरेलाई रथारोहण समेत गराइएको थियो ।

काठमाडौंको कमलादीस्थित भानुभक्तको शालिकमा पनि माल्यार्पण गरिएको छ ।


  •  
  •  
  •