राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

445
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज दिउँसो ४ बजे राष्ट्रियसभाको बैठक बस्न लागेको हो ।
आज पहिलो दिनको बैठकमा पेस हुने सम्भावित कार्यसूची बिहीबार तयार भएको छ । बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र राष्ट्रियसभा अध्यक्षले पढेर सुनाउने, मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ । राष्ट्रियसभाका अध्यक्षबाट जारी भएको राष्ट्रियसभाका समितिहरुको गठनसम्बन्धी आदेश २०७७ अनुमोदनका लागि पेस हुनेछ भने अधिवेशनको पहिलो बैठक भएको हुनाले संसदीय दलका नेताहरुले मन्तव्य राख्ने कार्यसूची रहेको छ ।

यस्तो अन्य कार्यसूची

 


  •  
  •  
  •