संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

260
  •  
  •  
  •  

काठमाडौं । ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ । संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा राख्नको लागि पेस भएको संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको हो ।

राष्ट्रिय सभामा उपस्थित ५७ जना सांसदले नै संविधान संशोधनको पक्षमा मतदान गरेका थिए । यसअघि यो विधेयक प्रतिनिधि सभाबाट पनि सर्वसम्मत पारित भइसकेको छ । सरकारले भारतले कब्जा गरेका लिम्पियाधुरा, लिपु्लेक र कालापानीको भू–भाग समेटेर नयाँ नक्सा जारी गरेको छ ।

संविधानको अनुसूचीमा रहेको निशान छापमा नयाँ नक्सा राख्न सरकारले विधेयेक ल्याएकोमा संसदका दुवै सदनले पारित भएको छ । अब यो विधेयेक राष्ट्रपतिले प्रमाणीकरण हुनेछ । उक्त विद्येयक प्रतिनिधिसभाबाट जेठ ३१ गते सर्वसम्मतिले पारित भएको थियो ।


  •  
  •  
  •