राष्ट्र बैंकले यस वर्षको दशैँमा नयाँ नोट सटही नगर्ने

105
  •  
  •  
  •  

काठमाडौं । राष्ट्र बैंकले कोरोना भाइरस जोखिमलाई मध्येनजर राख्दै दशैँसहितका चाडपर्वमा नयाँ नोट सटही सुविधा नदिने भएको छ। विगतमा दशैँमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको केन्द्रीय बैंकले यसपटक कोभिड १९ को जोखिमलाई मध्येनजर राख्दै सटही सुविधा बन्द गर्ने निर्णय गरेको हो।


राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार कुनै पनि कार्यालयहरूबाट यस वर्षको दसैँ प्रयोजनका लागि नयाँ नोट सुविधा नदिइने उल्लेख छ। भीडभाड रोक्न यस्तो निर्णय गर्नुपरेको राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।


  •  
  •  
  •