युरोप छिर्ने प्रलोभनमा रसिया नआउन राजदूतावासको आग्रह

59
  •  
  •  
  •  

काठमाडौं । मस्कोस्थित नेपाली राजदूतावासले रसिया हुँदै युरोप छिर्ने प्रलोभनमा परेर नआउन नेपालीलाई आग्रह गरेको छ। एक विज्ञप्ति जारी गर्दै दूतावास कार्यालयले रसियाबाट सजिलै युरोप जान सकिने सम्भावना रहेको र रसियामा आकर्षक रोजगारीको अवसर रहेको भन्ने प्रलोभनमा परी मोटो रकम बुझाएर आएका नेपाली अलपत्र परेको घटना उल्लेख गरेको छ।

त्यसरी रसिया पुगेका नेपाली परिवारबाट सम्पर्कविहीन भएको एवं ठूलो मानसिक तनावमा रहेको भनी परिवारबाट खोजीको लागि अनुरोध आएको भन्दै त्यस्तो प्रलोभनमा नपर्न विज्ञप्तिमा भनिएको छ।
‘रसियाबाट सजिलै युरोप जान सकिने सम्भावना रहेको र रसियामा आकर्षक रोजगारीको अवसर रहेको भन्ने प्रलोभनमा परी मोटो रकम बुझाएर आएको तर यहाँका परामर्श केन्द्रहरुले कबुल गरे बमोजिमको अवसर नरहेको र भाषागत समस्या हुनाले दैनिकी कष्टकर रहने छ,’ विज्ञिप्तमा भनिएको छ,‘त्यसरी आएका नेपाली परिवारबाट सम्पर्कविहीन भएको एवं ठूलो मानसिक तनावमा रहेको भनी विद्यार्थी परिवारबाट खोजीको लागि अनुरोध आएको भन्दै त्यस्तो प्रलोभनमा नपर्न अनुरोध गर्दछौं।’


  •  
  •  
  •