रसुवा खुला दिसामुक्त जिल्ला घाेषणा हुँदै

216
  •  
  •  
  •  

रसुवा,१६ पुस (ओएनएस): रसुवा जिल्लालाइ आइतबार खुला दिसामुक्त जिल्ला घोषणा गरिदैछ । २०६९ सालदेखि सुरु भएको खुला दिसामुक्त अभियानले जिल्लाको सम्पूर्ण घरमा शौचालय निर्माण भएसँगै पूर्णता पाएर खुला दिसामुक्त जिल्ला घोषणा हुन लागेको हो ।

जिल्लामा रहेका पाँच स्थानीय तहका २७ वटै वडामा शौचालय निर्माण भइ प्रयोगमा आइसकेकाले अाज खुला दिसा मुक्त जिल्ला घाेषणा हुन गर्न लागेकाे हाे ।  जिल्लामा रहेका ११ हजार चार सय ३६ घरमा शौचालय निर्माण भएको छ । जिल्लामा ५ सय ९३ घरका लागि  सामूहिक शौचालयको निर्माण गरिरहेका छन् ।
खुला दिसा अभियान सञ्चालनकै क्रममा  २०७२ वैशाख १२ गते आएको बिनासकारी भूकम्पले ५२ प्रतिशत घरमा निर्माण भएको शौचालय पूर्ण क्षति भए पछि खुला दिसा मुक्त क्षेत्र घोषणा गर्न असर परेको जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्सवय समितिले जनाएको छ ।


  •  
  •  
  •