राष्ट्रपति संविधानसभा अध्यक्ष भेटवार्ता

353
  •  
  •  
  •  

काठमाडौं १५ माघ (ओएनएस) :  संविधान निर्माण पक्रियाका विषयमा निकास खोज्न संविधानसभा अध्यक्षले आन्तरिक परामर्श गरिरहेका छन् । कानुनविद् र दलका नेताहरुसँग अनौपचारीक छलफल गरिरहेका नेम्वाङले आज राष्ट्रपतिसँग परामर्श गर्दैछन् ।

शितल निवासमा अहिले बिहान ११ बजेपछि हुने भेटमा पछिल्लो समयको राजनीतिक अवस्था, संविधान निर्माणको प्रक्रिया र दलहरुबीचको विवादलगायतका विषयमा छलफल हुनेछ । सभाध्यक्ष नेम्वाङले भने राष्ट्रपतिसँगको नियमित भेट भएको बताएका छन् ।


  •  
  •  
  •