राष्ट्रिय सभा अध्यक्षमा आज उम्मेदवारी दर्ता हुँदै

273
  •  
  •  
  •  

काठमाडौं, २८ फागुन (ओएनएस) : राष्ट्रिय सभा अध्यक्षमा आज उम्मेदवारी दर्ता हुँदैछ । संसद भवन नयाँ वानेश्वरमा बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय ताेकिएकाे छ ।
राष्ट्रियसभा अध्यक्षको पनि प्रतिनिधिसभाका सभामुखको जस्तै भूमिका हुने संवैधानिक व्यवस्था छ । संसद सचिवालयका अनुसार उम्मेदवारमाथिको दाबी विरोध पछि अपरान्ह् १ बजे अन्तिम नामावली प्रकाशन गरिने संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए।
प्रमखु सत्तारुढ दल एमाले र माओवादीबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष एमालेको भागमा परेको छ । राष्ट्रियसभाको अध्यक्षका लागि एमालेबाट परशुराम मेघी गुरुङ, गणेश तिमल्सिना प्रमुख दावेदारको रुपमा हेरिएको छ ।

एमाले नेता तिमिल्सेना प्रदेश ४ बाट राष्ट्रिय सभाको सदस्यमा निर्वा्चित भएका हुन्।

एमालेभित्र पुराना नेता भए पनि अवसर नपाउने व्यक्तिका रुपमा गणेश तिमिल्सेनालाई चिनिन्छ। उनी पञ्चायती व्यवस्थामा चार वर्षसम्म जेल बसेका थिए । यस्तै, अनेरास्ववियुका पूर्वअध्यक्ष एवं एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले पनि अध्यक्षमा दाबी गरेका छन् ।


  •  
  •  
  •