टुंगियो अरुण तेस्रोको पीडीए वार्ता

173
  •  
  •  
  •  

काठमाडौं, १९ कात्तिक (ओएनएस) : अरुण तेस्रो जलविद्युत आयोजनाको विकासकर्ता सतलज जलविद्युत निगम (एसजेभिएन) सँगको आयोजना विकास सम्झौता (पीडीए) वार्ता टुंगिएको छ ।

बुधवार मिल्न बाँकी बुँदाहरुमा लगानी बोर्ड र सतलजका कार्यकारी अधिकृतहरुबीच दुई देखि भएको छलफलमा समझदारी कायम भएपछि वार्ता टुंगिएको हो । वार्तामालगानी
बोर्डका कार्यकारी निर्देशक राधेश पन्त र सतलजका आरके अग्रवाल सहभागी थिए ।समझदारी भए अनुसारको मस्यौदा तयार पारी बिहीबार नै सतलजलाई औपचारिकरुपमा पठाउने बताइएको छ ।

कम्पनीले उत्त मस्यौदा पास गरेर पठाएपछि बोर्ड बैठक राखेर पीडिएमा हस्ताक्षर गर्ने मिति तय हुने छ । सहमती नेपालको हित हुने गरि गरिएको छ ।

दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) को शिखर सम्मेलनकै अबधिमा पीडीएमा हस्ताक्षर गर्ने तयारी छ ।

आगामी मङ्सिर १० र ११ गते हुने सार्क शिखर सम्मेलनमा सहभागि हुने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएको अवसर दुबै देशका प्रधानमन्त्रीको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गर्ने गरी सतलज र बोर्ड बीचको पीडीए वार्ता टुङ्ग्याउने तयारी गरेको बोर्डका प्रवक्ता घनश्याम ओझाले बताए ।

 


  •  
  •  
  •