आहा–रारा गोल्डकपको उपाधिको लागि मनाङ र थ्रीस्टार भिड्ने

108
  •  
  •  
  •  

पोखरा, १ फागुन (ओएनएस) : आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि चिरपरिचित प्रतिद्वन्द्विहरु थ्रीस्टार क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा सुदुरपश्चिमलाई २–० ले पराजित गर्दै मनाङले थ्रीस्टारसँगको उपाधि भिडन्त पक्का गर्याे ।
मनाङलाई जित दिलाउने क्रममा अनिल गुरुङले १७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए ।

दोस्रो हाफमा थपीएको इन्जुरी टाइमको दोस्रो मिनेटमा सुजल श्रेष्ठले दोस्रो गोल गर्दै मनाङको जित पक्का गराए ।


  •  
  •  
  •