मुगु । नेपाल भ्रमण वर्ष २०२० को एक सय गन्तव्यको सूचीमा रारा पनि परेको छ । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य तथा नेपालको सबैभन्दा ठूलो ताल रारा यति बेला हिमपातले सेताम्मे छ । रारा वरिपरिका रूखरविरुवा हिउँले सेताम्य भएका छन् ।
हिमपातसँगै चिसो पनि अत्यधिक बढेर मुगुको जनजीवन कष्टकर बनेको छ । हिमपातका कारण आवत जावतमा असजिलो हुनुका साथै वस्तुभाउलाई समेत चरिचरन गराउन समस्या भएको छ । तर पर्यटकहरु भने चिसोको प्रवाह नगरी रारामा हिउँ खेल्न पुगेका छन् ।
रारा वरपर २ फिटसम्म हिउँ जमेको छ । रारा वरिपरिका रूख बिरुवा पनि हिउँले सेताम्य भएका छन् । बाक्लो हिउँले पर्यटकलाई झन् उत्साहित बनाएको रारा घुम्न आएका पर्यटक विवेक तामाङले बताए ।
मुर्माटपसम्म पुगेर सेताम्मे रारादेखि वरिपरिको बस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले यो मौसम रारा भ्रमणका लागि उपयुक्त हुने पर्यटकको भनाइ छ ।
राराले खैरो, बैजनी र निलो गरी दिनमै तीन पटकसम्म तीनपटक रूप बदल्ने गर्दछ । यही रूपमा रमाउन यतिबेला देशका विभिन्न ठाउँबाट पर्यटक आउने गरेका छन् ।
यति बेला रारा हिउँले सेताम्य मात्रै होइन रारा मनमोहक देखिएको धादिङबाट रारा घुम्न आएकी सिर्जना थपलियाले बताइन् ।
समुद्र सतहदेखि २९ सय ९० मिटर उचाइमा रहेको र ५ किलोमिटर लम्बाइ, ३ किलोमिटर मिटर चौडाइ र १ सय ६७ मिटर गहिराइ रहेको छ । रारामा विश्वमा दुर्लभ असला जातका माछा, रानी ट्राउट भ्यागुतोलगायत तीन सय प्रजातिका चरा रारामा पाइन्छन् ।
कस्तुरी, रेडपाण्डा, मृग, घोरल, भाल, रतुवालगायत वन्यजन्तु अवलोकनका लागि पनि रारा महत्त्वपूर्ण मानिदै आएको रारा राष्टिय निकुञ्जको कार्यालयले जनाएको छ ।