मुगु । कर्णाली प्रदेशको मुख्य पर्यटकिय स्थल रारामा पनि पर्यटन वर्षको शुभारम्भ गरिएको छ । हिउँको चिसो प्रवाह नगरी रारा तालको छेउबाट बुधबार नेपाल भ्रमण वर्ष २०२० शुरु भएको सन्देश प्रवाह गरिएको छ ।
रारा तालको मिलिचौरमा एक समारोहकाबीच छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाही र जिल्ला समन्वय समितिका प्रमुख पुर्ण बहादुर रोकायाले रिवन काटेर भ्रमण वर्षको उद्घाटन गरेका हुन् ।
छायाँनाथ रारा नगरपालिको आयोजनामा बाजागाँजासहित एक औपचारिक कार्यक्रमको आयोजना गरि राराबाट पर्यटन वर्ष २०२० शुभारम्भ भएको सन्देश दिइएको छायाँनाथ रारा नगरपालिकाका उप–प्रमुख सुन्तला रोकायाले बताइन् ।
सन् २०२० मा नेपाल सरकारले २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष सुरु गरेकै दिन सरकारको कार्यक्रमलाई सफल बनाउन मुगुको रारा तालको छेउमा पनी नेपाल भ्रमण वर्षको शुभारम्भ गरिएको छ ।
रारा २० हजार पर्यटक भित्र्याउने लक्ष्य
पर्यटन वर्षकै शुभारम्भसँगै रारामा २० हजार सम्म विदेशिक पर्यटक भित्र्याउने उदेश्यका साथ काम गरिने छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।
उद्घाटन समारोहमा बोल्दै,‘छायाँनाथ रारा नगरपालिका प्रमुख हरिजंग शाहीले नेपाल भ्रमण वर्षले हरेक नेपाली आ–आफ्नो क्षेत्रबाट शुरुवाती गरी नेपाल सरकारको लक्ष्य लाई साकार पार्नुपर्ने बताए ।
मुगुमा रारा मात्रै छैन अन्य धेरै धार्मिक तथा प्राकृतिक, पर्यटकीय स्थल साँस्कृतिक तथा ऐतिहासिक सम्पदाहरु छन् । त्यस्ता सम्पदालाई प्रचारप्रसार गरी पर्यटन भित्र्याउन सबैले आफनो आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह समेत गरेका छन् ।
रारामा पर्यटन वर्षको अवधिमा सबै क्षेत्रबाट सहयोग भए २० हजारसम्म पर्यटक रारामा आउने नगरप्रमुख शाहीले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख पुर्णबहादुर रोकायाले रारा कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल हो । नेपाल सरकारको एक सय गन्तब्यमा रारा पनि परेको छ ।
रारामा उल्लेखनिय रुपमा मात्रमा पर्यटक भित्र्याउन तिनै तहका सरकार लागी पर्नु पर्र्नेे बताए । नेपाल सरकारको लक्ष्य २० लाख पर्यटक भित्र्याउने र नेपालको अर्थतन्त्र मजबुँद बनाउने उदेश्यका साथ नेपाल भ्रमण वर्ष २०२० को शुरुवाती गरेको प्रमुख रोकायाको भनाइ छ ।
त्यसैले रारा मुगु जिल्लाको अर्थतन्त्र शुद्धिकरणमा महत्वपूर्ण भुमिका खेल्ने पर्यटकिय स्थल भएकाले रारामा आउने पर्यटक जो कोहिलाई, सम्मान सत्कार गर्नुपर्ने बताए ।
रारा राट्रिय निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीका अनुसार रारा प्राकृतिकले दिएको एक अनुपम वरदान हो । रारामा ताल मात्रै छैन ।
विश्वमै नभएका तिन प्रकारका असला जाताका माछा, विभिन्न जंगली जनावर, पशुपन्छि लगायतका छन । रारा आउने पर्यटकले रर्माइलोसँगै विभिन्न प्राकृति, धार्मिक क्षेत्रको अवलोकन गर्न पाइने भएकाले रारा पुग्नैपर्ने स्थान रहेको बताए ।
पर्यटकलाई सम्मान
पर्यटन वर्ष २०२०को शुभारम्भमा रारामा आएको आन्तरिक पर्यटकमध्ये दुई जना आन्तरिक पर्यटकलाई सम्मान गरिएको छ ।
एक हप्ताको लागी रारा पुगेका आन्तरिक पर्यटक धादिङकी सिर्जना थपलिया र हुम्लाका मोहन विक्रम शाहीलाई पर्यटन वर्षकै शुभारम्भ कार्यक्रममा खादा ओढाई सम्मान्न गरिएको हो ।
सम्मान ग्रहणपछि बोल्दै थपलियाले भनिन्,‘फोटोमा, टिभिमा देखेको रारा भन्दा साच्चै आँखाले देखेको रारामा फरक रहेको छ ।’
रारा जाउँ अभियान
छायाँनाथ रारा नगरपालिकाले रारा जाउँ अभियान सञ्चालन गर्ने भएको छ । रारा जाउँ अभियान अन्तरगत नेपाल भ्रमण वर्षको अवधिमा देशका ठूला शहरमा राराको बारेमा वृत चित्र प्रदर्शन गरी राराको बारेमा जानकारी दिने
नगर प्रमुख शाहीले बताए ।
यसैबीच नमस्ते रारा अन्तरगत रारा आई सकेपछी पर्यटकलाई अतिथि सेवाका बारेका कला सँस्कृति,भाषाका बारेमा पनि मुगाली युवा, स्थानीलाई तालिम दिई पर्यटकलाई गर्ने समान्न सत्कारका बारेमा जानकारी दिने शाहीको भनाई छ ।
नगरप्रमुख शाहीका अनुसार पर्यटन वर्षलाई सफल पार्न र रारामा उल्लेखनिय रुपमा पर्यटक भित्र्याउन छायाँनाथ रारा नगरपालिकाले यस आर्थिक वर्षमा डेढ करोड बजेट विनियोजित गरिएको समेत बताए ।