परीक्षणका लागि राराका माछा काठमाडौं ल्याइयो

872
  •  
  •  
  •  

मुगु । नेपालको सबैभन्दा ठूलो ताल रारामा एक हप्ता देखि तालमा रहेका माछा मर्न थालेपछि माछा के कसरी मरेका हुन् भन्ने विषयमा टिका टिप्पणी हुन थालेको छ ।

माछा मर्ने क्रम जारी भएपछि माछा के कारणले मरेका हुन् भन्ने विषयमा जाँचको लागि ललितपुरमा रहेको मत्स्य विकास महाशाखा र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा पठाइएको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
रारामा माछा मरेका सत्य हो, तर कसरी मरे त्यस्को अनुसन्धान भइरहेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारले बताए ।

उनका अनुसार नमुना जाँचका लागी राराका माछाको नमुना ललितपुर मत्स्य विकास महाशाखा र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा पठाइएको हो ।

दुवै प्रयोगशालामध्ये मत्स्य विकास महाशाखाको प्रतिवेदन आइसकेको र त्यसले कुनैपनि रोेग र विषाधिका कारण माछा नमरेका पुष्टी गरेको छ भने अर्को प्रतिवदन आउन बाँकी रहेको संरक्षण अधिकृत भण्डारीको भनाई छ ।

यसैबीच रारामा मरेका माछाको वास्तविक कारण के हो भन्ने विषयमा जिल्लाका सरोकारवाला निकायबीच छलफल तथा अन्तक्रिया समेत भएको छ ।

छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले तालमा माछा कसरी मरे ? यसको सम्बन्धित सरोकारवाला निकायले माछा मर्नुको कारण पत्ता लगाउन आवश्यक रहेको बताए ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले पर्यटन वर्ष २०२० शुभारम्भ कार्यक्रममा २० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए । कार्यक्रमका सभाध्यक्ष पुर्ण बहादुर रोकायाले तालमा माछाको मात्र नभएर पानीको नमुना परीक्षण गरिनुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद शाहले पर्यटकहरु लाई शान्ति सुरक्षा दिनको लागि पर्यटन प्रहरीको व्यवस्था गरिएको खण्डमा रारामा आएका पर्यटनलाई आवश्यक सुरक्षामा टेवा पुग्ने उनले बताए ।

रारा तालमा माछा मरे पनि तालनै दुर्गन्धित भएको छैन । रारा तालमा माछा मरेर तालनै दुर्गन्धित भएको भन्ने खबर असत्थ्य भएको र माछा भने मरेकै रारा राष्ट्रिय निकुज मुगुले जनाएको छ ।


  •  
  •  
  •