हिउँले सेताम्मे रारा(फोटो फिचर)

362
  •  
  •  
  •  

मुगु । कर्णालीका उच्च भेगमा हिमपात हुँदा चिसो ह्वातै बढेको छ । समुद्र सतहदेखि २९ सय ९० मिटर उचाइमा रहेको रारामा बिहीबारदेखि परेको हिमपातले सेताम्मै भएको छ ।

रारामा गएर हिउँ खेल्ने र रारामा लुकामारी गर्न पर्यटकहरु चिसोको प्रभाह नगरी रारा पुगेका छन् ।
रारामा २ फिटसम्म हिउँ जमेको छ ।

रारा वरिपरीका रूखरबिरुवा पनि हिउँले सेताम्य भएका छन् । राराले खैरो, बैजनी र निलो गरी दिनमै तीन पटकसम्म तीनपटक रूप बदल्ने गर्दछ । यही रूपमा रमाउन यतिबेला देशका विभिन्न ठाउँबाट पर्यटक आउने गरेका छन् ।
यति बेला रारा हिउँले सेताम्यमात्रै होइन् रारा मनमोहक देखिनुका साचै चाँदी झै टल्किएको रारा घुम्न आएका आशिका नेपाललले बताए ।

मुर्माटपसम्म पुगेर सेताम्मे रारादेखि वरिपरीको बस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले यो मौसम रारा भ्रमणका लागि उपयुक्त हुने पर्यटकको भनाई छ ।

रारा ५ किलोमिटर लम्बाइ, ३ किलोमिटर मिटर चौडाइ र १ सय ६७ मिटर गहिराइ रहेको छ । रारामा विश्वमा दुर्लभ असला जातका माछा, रानी ट्राउट भ्यागुतोका साथै तीन सय प्रजातिका चरा रारामा पाइन्छन् ।

कस्तुरी, रेडपाण्डा, मृग, घोरल, भाल, रतुवालगायत वन्यजन्तु अवलोकनका लागि पनि रारा महत्वपूर्ण मानिदै आएको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

हेर्नुहोस् तस्बिर

 


  •  
  •  
  •