राराको किनारमा प्रथम ट्रेल रन (फोटोफिचर )

95
  •  
  •  
  •  

मुुगु, ९ जेठ(ओएनएस) : रारामा कर्णाली प्रदेशस्तरीय प्रथम ट्रेल रन सम्पन्न भएको छ ।  जैविक विविधताको संरक्षण गर्न र राराको पर्यटन पूर्वाधारमा टेवा पुर्याउने उद्देश्यका साथ कर्णाली प्रदेशस्तरीय प्रथम ट्रेल रन रारा आयोजना गरिएको हो ।

खेलकुद पर्यटनको विकास गर्न रारामा पहिलो पटक प्रथम ट्रेल रन आयोजन गरिएको नेपाली सेनाले जनाएको छ ।

प्राकृतिक सोन्दर्यले मनोमोहक रारालाई देश विदेशसम्म चिनाउन जैविक विविधतको बारेमा सचेतना फैलाउन र नयाँ म्याराथुन खेलाडी उत्पादन गर्न जैविक विविधता दिवसको अवसर पारेर रारामा प्रथम ट्रेल रन आयोजना गरी कार्यक्रम सफल भएको श्रीदल गुल्मका गुल्मपती रवि केसीले बताए ।

प्रथम ट्रेल रनको उपाधि बुढालाई

खेलकुदबाट पर्यटनको विकास गर्न नेपाली सेनाले आयोजना गरेको प्रथम रारा ट्रेल रन प्रतियोगिताको उपाधि जुम्ला कनका सुन्दरी गाउँपालिका वडा नम्बर ३ का दुर्गाबहादुर बुढाले जितेका छन् ।

बुढाले ताल वरिपरि १५ किलो मिटर दुरी ५५ मिनेट ३८ सेकेण्डमा पार गरी एक लाख नगद पुरस्कार जितेका हुन् । त्यस्तै जुम्लाकै कनका सुन्दरी १ कै धिरबहादुर बुढा दोस्रो, त्रिभुवन आर्मी क्लबका नबराज सावत तेस्रो, भिम बहादुर बुढा चौंथो र कनका सुन्दरी १ का प्रकाश कठायत पाँचौ भएका छन् ।

प्रथमलाई एक लाख, दोस्रो ६० हजार ,तेस्रो ४० हजार चौंथो २० हजार र पाँचौलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको छ भने सहभागिलाई प्रमाण पत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा देश भरिका १ सय ३० जना खेलाडी सहभागि भएका थिए ।

नेपाली सेनाले प्रथम पटक रारामा प्रथम ट्रेल रन प्रतियोगितामा आयोजना गरेको बताउँदै पश्चिम पृतनाका पृतनापति उपरथी सरोजप्रताप राणाले राराको पर्यटन प्रबद्र्धधनमा नेपाली सेनाले विगत २०३५ सालबाट निरन्तर लागी परेको बताए ।

अझै राराको सौन्दर्य बचाउन र पर्यटन पर्वधन गर्न नेपाली सेनाले यस्ता कार्यक्रम लाई निरन्तरता दिने उपरथी राणाको भनाई छ ।


  •  
  •  
  •