चाँदी झै टल्किने रारा सुनसान(फोटो फिचर)

406
  •  
  •  
  •  

मुगु । समुद्र सतहदेखि २९ सय ९० मिटर उचाइमा रहेको रारा यतिबेला हिमपातले चाँदी झै टल्किएको छ ।
चारैतिर हिमपातले सेताम्य बीचमा स्वर्ग आकास गंगा निलोतालले रारा रमणीय तथा प्राकृतिक सोन्दर्यमा डुबुल्की मादै निश्चल भएर बसेको छ ।

सकारले हालै गरेको नेपाल भ्रमण वर्ष २०२० को एक सय गन्तब्य मध्ये मुगुको राराताल पनि सूचीमा परेको छ ।
पर्यटन वर्षको शुभारम्भसँगै त्यहि चाँदी झैँ टल्किएको रारामा आन्तरिक तथा बाह्य पर्यटको लर्को लाग्ने अपेक्षा सबैको थियो तर भएन ।

बढि भन्दा बढि पर्यटक भित्र्याउने र अर्थतन्त्र बलियो बनाउन टेवा पु¥याउने उदेश्यका साथ नेपाल भ्रमण वर्ष–२०२०’ उद्घाटनका अवसरमा संघीय र प्रदेश, स्थानीय सरकारले तामझामका साथ विभिन्न कार्यक्रम आयोजना गरी पर्यटन वर्षको शुुभारम्भ गरे । मुगुको रारा तालबाट पनि पर्यटन वर्षको शुभारम्भमा कार्यक्रम गरियो ।

कर्णाली प्रदेश सरकारले भ्रमण वर्षकै अवसरमा ‘यसपालि घुमौं कर्णाली’ अभियान सुरु गर्यो । तर कर्णालीका प्रमुख पर्यटकिय स्थल अहिले सुनसानमय छन् ।

कर्णाली प्रदेश दुर्गम भनि परिचित मुगुको प्रमुख पर्यटकीय गन्तव्य तथा नेपालको सबैभन्दा ठूलो ताल रारा यति बेला सुनसान अवस्थामा छ ।

रारामा २० हजार पर्यटन भित्र्याउने लक्ष्यका साथ पर्यटन वर्षको शुरुवातीमा तामझामका साथ राराको किनारमा कार्यक्रम गरीएको थियो । तर अहिले रारामा उल्टो भएको छ ।

पर्यटन वर्षको शुभारम्भ गरिएको दुई बितिसक्दा रारामा बाह्य पर्यटक ७ जनासम्म र आन्तरिक पर्यटक एक सयसम्म मात्र आएका छन् ।

यस्तै हो भने २० हजार रारामा पर्यटक भित्र्याउने लक्ष्य सफल नहुँने देखिएको छ ।  नेपालभ्रमण वर्ष २०७६ साल पुष १६ गते शुभारम्भ पश्चात अहिले रारामा घुम्न आउने आन्तरिक तथा बाह्यपर्यटक हरुको आगमन संख्यामा न्युन रहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले जनाएको छ ।


निकुञ्जका अनुसार मुगु लगायत कर्णालीका जिल्लामा लगातार परेको बाक्लो हिमपातले गर्दा हवाई उडान देखि सडक अवरुद्ध हुनुका साथै सवारी साधनपनि सञ्चालन नआएपछि पछिल्लो समय रारामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा घट्दो क्रममा रहेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताए ।

उनकाअनुसार अहिले नेपाल भ्रमण वर्ष शुभारम्भमा रारामा भने अहिले सम्म फाटफुटमा ५ देखि १० सम्म बाह्यपर्यटक मात्र रारामा पाईलो टेकेको भण्डारीले जानकारी दिए ।

एकातिर रारामा पर्यटकको आगमन भएपछि समग्र मुगु जिल्लाको अर्थतन्त्रमा टेवानपुग्ने उनले बताए ।
गतवर्षमा यस्तो अवस्था थिएन । भ्रमण वर्ष शुभारम्भमैै यस्तो दुविदा देख्दा जिल्लामात्र नभई समग्र कर्णाली प्रदेशमै ठुलो चोट पुग्ने उनको भनाई छ ।

रारामा भ्रमण गर्ने स्थानहरु रारा मात्र नभएर ताल वाट करिब २ घण्टाको पैदलयात्राले पुगिने सबैको ओठमा झुण्डिरहेको शब्दत्यो ठाउँ हो मुर्माटप ।

त्यो स्थानमा पुगे पछि कर्णाली लगायत सुदुरपश्चिमका केही स्थानहरु पनि अवलोकनगर्न सकिन्छ ।
एक महिनायता रारामा कुनै चहलपहल छैन । फाट्टफुट्ट पर्यटक आउने गरेका छन । भ्रमण वर्ष सुरु भएपछि पर्यटक आउने आशामा बसेका होटल व्यवसायी निराश छन् ।

भिलेज हेरिटेज रिसोर्टका प्रबन्धक दीपक रावतका अनसार पर्यटक नआउँदा व्यवसाय करिब शून्य जस्तै छ । भ्रमण वर्ष शुरु भएपछि रारा झन् सुनसान बनेको उनले बताए ।

गमगढी–नाग्मा सडक कालोपत्रे नहुँदा र हवाई सेवा प्रभावकारी नहुँदासम्म जतिसुकै गफ लगाए पनि पर्यटकलाई आकर्षित गर्न सकिँदै । सरकारले भ्रमण वर्ष भनेर प्रचार मात्र गर्यो, पूर्वाधार विकासमा ध्यान नदिँदा रारामा बर्सेनी पर्यटक घटिरहेका छन् ।


  •  
  •  
  •