राराको जैविक विविधता संरक्षण गर्न पानी परियोजना

70
  •  
  •  
  •  

मुगु । नेपालको सबैभन्दा ठूलो ताल तथा कर्णाली प्रदेशकै प्रमुख पर्यटकिय गन्तब्य रारामा रहेको जैविक विविधता संरक्षणको लागी पानी परियोजनाले काम गर्ने भएको छ ।

रारा क्षेत्रको प्राकृतिक सुन्दरतालाई बचाई राख्न जैविक विविधताको संरक्षण नै पहिलो भएकाले पानी परियोजनाले त्यसप्रति ध्यान दिई कार्यक्रम अगाडी बढाएको हो ।

कार्यक्रम अन्तरगत रारा खत्याड जलाधार क्षेत्र नामकरण गरी रारा ताल आसपासमा पर्ने छायाँनाथ रारा नगरपाालीका वडा नं ९ मुर्मा गाउँ र खत्याड गाउँपालीका वडा नं १ र २ मा पानी परियोजनाले जैविक विविधता संरक्षणको लागी बिभिन्न कार्यक्रम गर्नेछ ।

जसमा चोरी शिकारी दल गठन, नेचर गाईड ट्रेनिङ्ग, रारा आसपासमा हुने फोहोर ब्याबस्थापन, सुकेका मुलहरुको उत्खनन गरी सुचारु लगायतका कार्यक्रम गरी जैविवक विविधता सम्वद्र्धन र फोहोर व्यवस्थाापनमा काम गर्ने पानी परियोजनाले जनाएको छ ।

शुभारम्भ कार्यक्रममा बोल्दै रारा राष्टिय निकुञ्ज मुगुका संरक्षण अधिकृत लाल बहादुर भण्डारीले राराको सुन्दरता बचाई राख्न पानी परियोजनाले शुरुवाती गर्न लागेको कार्यक्रम महत्वपुर्ण भएकाले कार्यान्वय गर्नमा सबैको साथ अपिरिहार्य रहेको बताए ।

रारा आउने पर्यटकको सख्या पछिल्लो समय बढ्दै गएकाले रारामा फोहोर ब्याबस्थापनमा ध्यान नदिइए राराको अस्तित्व संकटमा पर्ने देखिन्छ । त्यसैले समयमा सचेत हुन जरुरी रहेकाले यसमा पानी परियोजना मात्र नभई बिभिन्न निकायले सहकार्यका साथ काम गर्नु पर्नेमा अधिकृत भण्डारीको भनाई छ ।

यता छायाँनाथ रारा नगरपालिका नगर प्रमुख हरिजंग शाहीले राराको फोहोर ब्याबस्थापनका लागी नगरपालिकाले ३० लाख रकम विनियोजन गरेको बताए ।

राराको जलधार संरक्षण र फाहोर ब्याबस्थापनका लागी नगरपालिकाले घोडाको दिसा संकलन झोला,डस्बिन लगायतको ब्यबस्था गर्नेछ । नगरपालिकाका अनुसार पानी परियोजन संग छायाँनाथ रारा नगरपालीकाले आबश्यक सहकार्य गरी जैविक विविधता सम्बद्र्धन गरी राराको ठोस फोहोर वस्तु व्यवस्थापन गर्न सर्हकार्य गर्ने नगर प्रमुख शाहीले बताए ।
कार्यक्रम ११ महिना सम्म सञ्चालन हुने छ ।

यु एस आई डि पानी परियोजनाको सहयोगमा र कर्णाली सामुदायिक बिकास केन्द्र (के सि डि सी) मुगुको समन्वयमा कार्यक्रम सञ्चालन गरीने कर्णाली सामुदाायिक बिकास केन्द्र मुगुका संयोजक हरि बहादुर शाहीले बताए ।


  •  
  •  
  •