राप्रपाले मेची महाकाली स्वाभिमान यात्रा समापन गर्दै

22
  •  
  •  
  •  

काठमाडौं, १ चैत(ओएनएस) : राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा आमसभा गर्दैछ ।

कमल थापा नेतृत्वको राप्रपाले मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापनको क्रममा भृकुटीमण्डपमा सभा गर्न लागेको हो ।

गएको फागुन १५ गते ताप्लेजुङबाट शुरु भएको यात्राको समापन काठमाडौंमा ¥यालीसहित सभा गरेर समापन गर्न लागिएको हो ।

राप्रपाले आफ्ना मागबारे जनतालाई जानकारी दिन र मागका पक्षमा जनमत सिर्जना गर्न मेची–महाकाली यात्रा गरेको हो ।

राप्रपाले हिन्दु राष्ट्र पुनस्र्थापना, संघीयताबारे जनमतसंग्रह, राष्ट्रिय अखण्डताको रक्षा, भष्ट्राचारको अन्त्यको माग गर्दै आएको छ ।


  •  
  •  
  •