राप्रपाले फेरि अर्को चरणको आन्दोलन गर्ने

503
  •  
  •  
  •  

काठमाडौं, ७ वैशाख(ओएनएस) : हिन्दुराष्ट्र सहित राजसंस्थाका लागि राप्रपाले फेरि अर्को चरणको आन्दोलन गर्ने भएको छ । शनिबार बसेको राप्रपाको केन्द्रिय समितिको आकस्मिक बैठकले दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो ।

फाइल तस्बिर

आन्दोलनका कार्यक्रम तय गर्न राप्रपाले वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा कार्यदल समेत बनाएको छ । कार्यदलले सात दिनभित्र आन्दोलनका कार्यक्रम र तालिका सार्वजनिक गर्ने बताइएको छ । बैठकले पूर्व घोषित भोलि बैशाख ८ गते हुने भनिएको राजमार्ग र चोकहरुमा सत्याग्रहको कार्यक्रम भने स्थगित गरेको छ ।

राप्रपाले हिन्दु राष्ट्रको पुनःस्थापना, राजसंस्था लगायतका मुद्दामा समान विचार भएका दल, संस्था र व्यक्तिलाई सहकार्य र एकताका लागि आब्हान समेत गरेको छ । राप्रपाले हिन्दु राष्ट्र, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गरिनुपर्ने, संघीयता बारे जनमतसंग्रह लगायतका माग राखेर आन्दोलन गर्दै आएको छ ।


  •  
  •  
  •