सर्वोच्चको आदेश राणाको पक्षमा, दल दर्ता गर्ने बाटाे खुल्यो

136
  •  
  •  
  •  

pasupati
काठमाडौं, ५ भदौ (ओएनएस) : सर्बोच्च अदालतले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको राप्रपा प्रजातान्त्रिक पार्टीको पक्षमा अन्तरिम आदेश दिएको छ।

न्यायाधीश तेजबहादुर केसीको इजलासले राणा पक्षले यसअघि नै आयोगमा बुझाइएका हस्ताक्षरलाई सनाखत मान्दै दल दर्ता प्रक्रिया अघि बढाउन अन्तरिम आदेश दिएको हो।

आयोगको पुन सनाखत गर्नुपर्ने बताएपनि राणा पक्षले पुरानै सनाखतलाई मान्यता दिनुपर्ने माग गर्दै सर्बोच्च अदालत पुगेको थियो । यसअघि निर्वाचन आयोगले हस्ताक्षरलाई सनाखत गर्न राणा पक्षलाई बोलाएको थियो।

निर्वाचन आयोगले पुनः सनाखतका लागि आइतबार मात्रै आयोगमा उपस्थित हुन अनुरोध गरेको थियो । तर, राप्रपाका कुनै पनि सदस्य उपस्थित भएका थिएनन् ।


  •  
  •  
  •