काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) को आकस्मिक बैठक आज बस्दैछ ।
संसद विघटन सम्वन्धि मन्त्रिपरिषदको निर्णयपछि पछिल्लो घटनाक्रमबारे छलफल गर्न राप्रपाले बैठक बोलाएको हो ।
केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बैठक आज ३ बजे बस्ने तय भएको राप्रपा नेता मोहन श्रेष्ठले बताएका छन् ।