राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै हेटौंडामा मोटरसाइकल र्‍याली

79
  •  
  •  
  •  

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै हेटौंडामा मोटरसाइकल र्‍याली गरेको छ।

पार्टी कार्यालय सानोपोखराबाट नाराबाजीसहित शुरु भएको र्‍यालीले बजारको महत्त्वपूर्ण स्थानहरुको परिक्रमा गरेको थियो।

प्रदर्शनका क्रममा राजा र हिन्दुत्वसँगै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारीलगायतका विषयमा चर्का नाराबाजी गरिएको थियो। शहर परिक्रमापश्चात् सीमा चोकमा आयोजित सभालाई पार्टीका नेताहरुले सम्बोधन गरेका थिए।

कार्यक्रममा बोल्दै राप्रपा केन्द्रीय सदस्य मधु अधिकारीले जनताले परिवर्तन खोजेको र त्यो परिवर्तनकारी शक्ति राप्रपा हुने धारणा राखेका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्य नवराज विष्ट, जिल्ला अध्यक्ष रामहरी न्यौपाने, युवा संगठन अध्यक्ष शुक्र प्रजालगायतले बोलेका थिए।


  •  
  •  
  •