रत्नपार्कको नाम नफेर्न राप्रपाको आग्रह, महानगरलाई बुझाइयो ज्ञापनपत्र

78
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौंले रत्नपार्कको नाम परिवर्तन नगर्न आग्रह गरेको छ ।

पार्टीले गल्ती सच्चाउन माग राख्दै काठमाडौं महानगरलाई ज्ञापनपत्र बुझाएको छ ।
राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडा नेतृत्वको टोलीले रत्नपार्कको नाम परिवर्तन नगर्न माग गर्दै महानगरमा ज्ञापनपत्र बुझाएको हो ।

श्री ५ महेन्द्रको जीवनसंगिनी एवं तत्कालीन राजा वीरेन्द्र र ज्ञानेन्द्रकी माता रत्नको ईतिहास मेटाउने काठमाडौं महानगरको कार्य गलत भएको ज्ञापनपत्रमा उल्लेख छ ।

राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र नभएको राप्रपाले उल्लेख गरेको छ । शंखधर साख्वाको नाममा नयाँ ठाउँमा भब्य पार्क बनाउनु पर्ने राप्रपाको माग छ ।


  •  
  •  
  •