राप्रपाद्वारा केन्द्रीय कार्यसमिति विस्तार, अब ७२७ सदस्यीय समिति

109
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसमिति विस्तार गरेको छ। राप्रपाले आफ्नो ३२७ सदस्यीय केन्द्रीय समितिमा नयाँ ४०० सदस्य थप गरी केन्द्रीय कार्य समितिको संख्या ७२७ पुर्‍याएको हो ।

फाइल तस्बिर

राप्रपाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्य समिति विस्तार भएको जानकारी दिएको हो। पार्टीको विधान तथा पार्टी एकीकरणसम्बन्धी आधारपत्र बमोजिम अध्यक्षत्रयको सहमति अनुसार केन्द्रीय कार्य समिति विस्तार गरिएको राप्रपाले जनाएको छ ।

पार्टीले असोज २९ गतेसम्म जिल्लास्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी बैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने बताएको छ ।


  •  
  •  
  •