राप्रपा केन्द्रीय कार्य समितिको पूर्ण बैठक माघ १७ गतेदेखि

861
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको पूर्ण बैठक यही माघ १७ गतेदेखि काठमाडौंमा हुने भएको छ ।

फाइल तस्बिर

आगामी जेठमा हुने पार्टीको केन्द्रीय महाधिवेशनको तयारी सम्बन्धमा समेत छलफल हुने उक्त बैठकमा समान विचार भएका पार्टीसँगको एकता, समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको भावी कार्यनीति र कार्यक्रम तय गरिने राप्रपाले जनाएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार प्रत्येक तीन महिनामा बस्ने केन्द्रीय समितिको बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीतिक विषयमा प्रतिवेदन प्रस्तुत गर्नेछन् । बैठकमा सहभागी नेताले राजनीतिक प्रतिवेदन टिप्पणी, सुझाव परिमार्जन गरिने जनाइएको छ ।


  •  
  •  
  •