राप्रपाको विस्तारित बैठक शुरु

222
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा शुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकमा राप्रपाको जारी आन्दोलन र सरकारसँगको वार्ता लगायतका विषयमा छलफल हुनेछ ।

बैठकले दुई चरणको राष्ट्रिय स्वाभिमान यात्रा एवं समसामयिक राजनीतिक परिस्थितिको समिक्षा गर्दै भावी रणनीति तय गर्ने राप्रपा नेताहरुले बताएका छन् ।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन र महामन्त्री राजेन्द्र लिङ्देनले संगठन सुदृढीकरण सम्बन्धि प्रतिवेदन पेश गर्ने बताइएको छ । बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, प्रदेश कार्य समितिका अध्यक्ष, केन्द्रीय विभाग र भातृ संगठनका प्रमुखहरु र सबै जिल्लाका अध्यक्षको सहभागिता छ ।


  •  
  •  
  •